Kakhara सबैको खबर सम्पूर्ण खबर
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन आयोजक समितिको संयोजकमा सोम्पाल
बैठकमा सहभागीहरु ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमले जिल्ला सम्मेलन आयोजक समिति पूर्नगठन गरेको छ । सम्मेलन आयोजक समितिको प्रथम बैठकले सोम्पाल कामीको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।

३५ सदस्यीय आयोजक समितिले २७ औं जिल्ला सम्मेलन आयोजना गर्नेछ । बैठकले जिल्ला सम्मेलनको मिति भने तय गरेको छैन तर आगामी असोज १५ गते भित्रै जिल्लाका सबै नगर तथा गाउँ स्तरीय भेला, बैठक तथा प्रक्षिण गर्ने निर्णय गरेको छ । ५ दिने जिल्ला स्तरीय स्कुलिङ आयोजना गर्ने निर्णय पनि यो बैठकले गरेको छ ।

बैठकले प्रतिवेदन लेखन, व्यवस्थापन, आर्थिक र प्रचार प्रसार विभाग बनाएको छ । २७ औं जिल्ला सम्मेलन सम्पन्न गर्न यी विभागले काम गर्नेछन् । संयोजक कामीले एक विज्ञप्ती जारी गरी प्रथम बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, सचिवालय सदस्य मोतिराम खड्का लगायतको उपस्थितिमा साउन ३० गते आयोजक समितिको बैठक बसेको थियो । बैठकले संगठनको मुखपत्र लालकिल्ला प्रकाशन गर्ने, प्राकृतिक प्रकोपका पीडितहरुको राहत तथा उद्दारमा जुट्ने लगायतका निर्णय पनि गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update