Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका लागि तारा एयरले एक हजार भाडा घटायो 

सातामा एक दिन बुधबार नेपालगञ्ज–रुकुम पश्चिम–नेपालगञ्ज उडान भरिरहेको तारा एयरले भाडा घटाएको छ । उसले १ हजार भाडा घटाएको हाे । नेपालगञ्ज–रुकुम पश्चिम र रुकुम पश्चिम–नेपालगञ्जका लागि ५ हजार भाडा लिईरहेको तारा एयरले अब ४ हजार भाडा लिने भएको छ । 

प्रतिक टुर एण्ड ट्राभल्ससंगको सहकार्यमा तारा एयरले नेपालगञ्जबाट रुकुम पश्चिमका लागि उडान भरिरहेको छ । समिट एयरले पनि जिल्लामा नियमित उडान भर्न थालेपछि तारा एयरले भाडा घटाएको हो । समिटको भाडा ४ हजार रहेको छ । ताराले पनि यसअघि लिईरहेको भाडा घटाएर ४ हजार पुर्याएको हो । 

माथीको निर्णय अनुसार भाडादर समायोजन भएको प्रतिक टुर एण्ड ट्राभल्सका रुकुम पश्चिम प्रतिनिधि लालबिर बोहराले जानकारी दिनुभयो । दुई नीजि एयरलाईन्सको भाडा बराबर भएपनि यो नेपाल एयरलाईन्सको भन्दा महँगो हो । नेपाल एयरलाईन्सले ३ हजार ४ सय ६५ रुपैंया लिने गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update