Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकाेटमा १४ सय बढीले पाए केहि दिनकाे राेजगारी
फाइल फाेटाे ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा वितेको आर्थिक वर्ष २०७७/०७८ मा रोजगार कार्यक्रम मार्फत १ हजार ४ सय बढीले रोजगार पाएका छन् । गाउँपालिकाले १ हजार ४ सय १९ जनालाई रोजगारी दिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ६ सय १९ र मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत ८ सय जनाले रोजगारी पाएको बाँफिकोट गाउँपालिकाका रोजगार संयोजक समिर गौतमले जानकारी दिनु भयो । १ जनालाई १ सय दिन बराबर काम गराइएको गाउँपालिकाको दाबी छ । उनिहरुले दैनिक ५ सय १७ रुपैयाँ ज्याला पाएका थिए । 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update