Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती राजमार्गमा एक पुरुषको वेवारिसे शव फेला 

रुकुम पश्चिमको मुसीको नगरपालिका वडा नम्बर ११ रातापहरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार राप्ती राजमार्गमा अन्दाजी ४८–४९ वर्षिय पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टाउकोमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुल्न नसकेको उहाँले बताउनुभयो ।

स्थानीयले खवर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । केहि प्रत्यक्षदर्शिका अनुसार सडक माथिबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । माथिबाट खसेको ढुंगाले सडकमा रहेका उनको कन्चटमा लागेको प्रत्यक्षदर्शिले बताएको र थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको प्रहरीले जनाएको छ ।

   
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update