Kakhara सबैको खबर सम्पूर्ण खबर
युवा संघमा बाँठा र पिभीमा रोकाय

नेकपा एमाले निकट युवा संघ रुकुम पश्चिमको संयोजकमा दिपेश बाँठा मगर चयन हुनु भएको छ । माधव नेपाल पक्षिय युवाहरुको सुर्खेतमा भएको प्रदेश स्तरीय भेलाले बाँठा मगरलाई संयोजक तोकेको हो । जिल्लाको अरु पदाधिकारी र जिल्ला कमिटि भने जिल्लामा आयोजना हुने भेलाबाट विस्तार हुने एमालेले जनाएको छ ।

सुर्खेतकै सोही भेलाले पिपुल्स भोल्युन्टियर पिभी पनि बनाएको छ । भेलाले रुकुम पश्चिमको पिभीको संयोजकमा कर्णबहादुर रोकायलाई र सचिवमा प्रजित बोहरालाई तोकेको छ । यसको पनि भेला हुने र भेलाबाट अरु थप सदस्य विस्तार गर्ने योजना रहेको सचिव बोहराले जानकारी दिनुभयो ।

एमालेको माधव नेपाल समूहले केही दिन अघि पिभी व्यूँताएको थियो । सोही अनुसार प्रदेश तथा जिल्ला तहमा पनि यसको विस्तार भइरहेको छ । रुकुम पश्चिममा नेकपा एमालेको ओली निकट युवा संघले पनि विभिन्न कार्यक्रम गरिरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update