रूकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर २ गैरिनेटामा आधारभुत स्वास्थ्य इकाईको भवन निर्माण भएको छ । नयाँ भवन निर्माण गरिएसंगै सेवा पनि सुरु गरिएको छ । एक महिना देखि भत्किएको स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेकामा अव भने नयाँ भवनबाट सेवा सुरु भएको छ । यसअघि रहेको स्वास्थ्य संस्था नजिकै नयाँ भवन निर्माण गरिएको छ । नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि सहज भएको आधारभुत स्वास्थ्य इकाईका अहेव जीवन बुढाथोकीले बताउनुभयो । गाउँपालिका, रेडक्रस र स्थानीयतको श्रमदानमा स्वास्थ्य इकाईको भवन निर्माण भएको हो ।
स्थानीयले ३ लाख ६५ बराबरको श्रमदान गरेका छन् भने गाउँपालिकाले ५ लाख ५३ हजार र रेडक्रसले १६ लाख सहयोग गरेको छ । कुल २५ लाख १८ हजारमा २ कोठे भवन निर्माण सम्पन्न भइ सेवा प्रवाह सुरु भएको त्रिवेणि गाउँपालिका वडा नम्बर २ का अध्यक्ष शोभाराम बोहराले जानकारी दिनुभयो । यसअघि गत असार २३ गते राती आधारभुत स्वास्थ्य इकाईको भवन भत्किएपछि उक्त भत्किएकै भवनबाट जोखिम मोलेर सेवा दिईएको थियो । अव भने स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बन्दै गएको र यसलाई थप व्यवस्थित बनाउदै लगिने आधारभुत स्वास्थ्य इकाई व्यवस्थापन समितिका अध्यक्ष छविलाल केसीले बताउनुभयो ।
अव इकाईमा एक जना कार्यालय सहयोगीको समेत व्यवस्था गरिने अध्यक्ष केसीको भनाई उधृत गर्दै स्थानीय बलेन्द्र ओलीले बताउनुभयाे ।