Kakhara सबैको खबर सम्पूर्ण खबर
२४ घण्टामा तीन हजार बढीमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय पुगेको हो । संक्रमितमध्ये ७ सय ३९ जना आईसीयू र १ सय ६८ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु हुँदा २ हजार १ सय २६ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएका संक्रमितसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४२ हजार २ सय २८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३ सय ७७ पुगेको छ । संक्रमितमध्ये ६ लाख ९१ हजार २ सय ९९ जना निको भएका छन् भने मृतकको कुल संख्या १० हजार ४ सय २९ पुगेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update