Kakhara सबैको खबर सम्पूर्ण खबर
व्यक्तिगत लगानीमा कभर्ड बनाउँदै दाहाल
निर्माणाधिन कभर्ड हल ।

रुकुम पूर्वमा व्यक्तिगत रुपमा कभर्ड हल निर्माण गर्न लागिएको छ । सिस्ने गाउँपालिका ५, बाहुनठानामा व्यक्तिगत लगानीमा कभर्ड हल बनाउन लागिएको हो । स्थानीय रामचन्द्र दाहालले आफ्नै जग्गामा व्यक्तिगत लगानीमा कभर्ड हल बनाउन लाग्नु भएको हो । ब्याडमिन्टन खेलका लागि कभर्ड हल बनाउन लागिएको छ । कभर्ड हल निर्माणको आधाजसो काम सम्पन्न भइसकेको छ ।

१४ लाखको लगानीमा कभर्ड निर्माण गरिरहेको दाहालले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो समय ब्याडमिन्टनप्रति आकर्षण बढेको र यसका लागि कभर्ड हल आवश्यक पर्ने भएपछि व्यक्तिगत लगानीमै कभर्ड हल निर्माणमा लागेको दाहालले बताउनुभयो । ‘इन्डोर गेमलाई आउटडोर खेल्दा खेल राम्रो नहुने, नसुध्रने भएकाले पनि कभर्ड हलको आवश्यक्ता महशुस भएको थियो, यसैले व्यक्तिगत लगानीमै कभर्ड हल निर्माण गर्न थालेको हुँ,’ दाहालले भन्नुभयो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update