एक जना कर्मचारीमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम एक साताका लागि बन्द गरिएको छ । कर्मचारीमा संक्रमण पुष्टि भएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आज देखि भदौ ११ गते शुक्रबारसम्मका लागि प्रशासनबाट हुने सेवा प्रवाह बन्द गरिएको रोकिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।
शान्ती सुरक्षा, ठाडो निवेदन तथा उजुरी, मुद्दा र विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरिएको उहाँको भनाई छ । जिल्लामा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।निषेधाज्ञा खुकुलो भएसंगै जिल्ला भरमा कोरोना भाइरसका संक्रमितहरु थपिने क्रम बढ्दै गएको छ । कोरोना संक्रमण बढ्दै गएमा जिल्लामा पुनः निषेधाज्ञामा कडाई गरिने प्रशासनले यस अघि नै बताईसकेको छ ।