Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा सहकारी सञ्जाल गठन 
चाैरजहारीमा सहकारी सञ्जाल गठनका लागि भएकाे भेला ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नगर स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । बिहिबार भएको भेलाले तिलक शर्माको संयोजकत्वमा २९ सदस्यीय सञ्जाल गठन गरेको जिल्ला सहकारी संघले जनाएको छ । नव गठित सञ्जालले पालिकाको सहकारी अभियानलाई सशक्त, व्यवस्थित र सुधृढ बनाउन भुमिका खेल्ने जनाएको छ । 

संघीय संरचना अनुसार जिल्लामा पहिलो पटक पालिका स्तरीय संरचना निर्माण भइरहेको जिल्ला सहकारी संघका अध्यक्ष नरबहादुर खड्काले जानकारी दिनुभयो । काम गर्नका लागि सहज होस भनेर जिल्लामा पालिका स्तरमा पनि संरचना निर्माण थालिएको उहाँको भनाई छ । कानुनमा जिल्ला स्तर सम्ममा मात्र संरचना रहने व्यवस्था भएपनि जिल्लामा नौलो अभ्यास सुरु गरिएको उहाँले बताउनुभयो । 

कानुनी रुपमा पालिका स्तरमा पनि संरचना रहनुपर्छ भनेर आफुहरुले जिल्लाबाट सुरुवात गरेको अध्यक्ष खड्काले बताउनुभयो । हालसम्म ४ वटा पालिकामा सञ्जाल विस्तार भइसकेको छ । अब भदौ ९ गते बाँफिकोट गाउँपालिकामा र भदौ ११ गते आठबीसकोट नगरपालिकामा सञ्जाल गठन हुने जिल्ला सहकारी संघले जनाएको छ । मुसीकोट नगरपालिका, त्रिवेणि गाउँपालिका र सानीभेरी गाउँपालिकामा यस अघि नै सञ्जाल गठन भइसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update