Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीमा बैंकहरुको लगानी बढ्नुपर्नेमा अर्थमन्त्री शर्माको जोड

अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा बैंकहरुले लगानी बढाउनु पर्ने बताउनुभएको छ । यो प्रदेशमा बहुआयामिक गरिबीको दर सबैभन्दा बढी रहेको भन्दै उहाँले कर्णाली प्रदेशको विकास बीना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने बताउनुभयो ।

सोही कारण त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई उहाँले आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री शर्माले कर्णाली, सुदुरपश्चिम र प्रदेश नम्बर २ को गरिबी अन्त्य नगरी राष्ट्रको गरिबी अन्त्य नहुने उल्लेख गर्नुभयो ।

कर्णालीको गरिबी अन्त्य गर्ने कार्यक्रम प्रदेशको कार्यक्रम नभई राष्ट्रिय कार्यक्रम भएको उहाँको भनाई छ । मन्त्री शर्माले किसानको मेलामा गएर ऋण बाँड्ने र खलोमा गएर असुल गर्ने नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । कणार्लीबाट सुरु भएको यो अभियान अन्य ठाँउमा पनि विस्तार भई गरिबी अन्त्य गर्ने लक्ष्य प्राप्त हुने मन्त्री शर्माको भनाई छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update