Kakhara सबैको खबर सम्पूर्ण खबर
पहिरोले धुजा धुजा चौखावाङ
९ नम्बर वडामा गएको पहिरो ।

चौखावाङ धुजा धुजा भएको छ । मुसीकोट नगरपालिकाका ९ र १० नम्बर वडाका लगभग सबैतिर पहिरो झरेको छ । पहिरो कारण हरेक ठाउँमा धाँजा फाटेको छ । धेरै ठाउँमा पहिरो झरेको छ । पहिरोका कारण त्यो भन्दा तलमाथी, वरपर सम्म असर पुगेको छ । दुवै वडाका टोल, वस्ति पहिरोको उच्च जोखिममा छन् ।

सडक, घोडेटा र गोडेटा बाटो, खानेपानीमा क्षेती पुगेको छ । निरन्तर पहिरो झरिरहन थालेपछि स्थानीय त्रसित बनेका छन् । १० नम्बर वडाका अनिल खड्काले पहिरो कारण समस्या भइरहेको बताउनुभयो । पहिरोबाट जनधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता थपिएको खड्काको भनाई छ । 

५० बढी घर परिवार जोखिममा 
१० नम्बर वडामा पहिरोका कारण ५० बढी घर जोखिममा छन् । ३ वटा वस्ति उच्च जोखिममा छन् । साउनेमाथिको वस्ति, तल्लो गलमपाटी र झ्याङ वस्ति जोखिममा छन् । यी तीन वस्ति र अन्य वस्तिका गरी ५० बढी घरपरिवार जोखिममा परेको वडाध्यक्ष गोपेश्वर केसीले जानकारी दिनुभयो ।

यसमध्य ८ घरले जोखिमका कारण घर छाडेका छन् । कति आफ्नै अर्को घरमा सरेका छन् भने कति अरुको घरमा सरेर बसेका छन् । पहिरोका कारण भेरीखोला लघु जलविद्युत आयोजनामा ठूलो क्षेती पुगेको छ । ३७ किलोवाट विद्युत उत्पादन क्षमताको उक्त आयोजनाको नहरमा क्षेती पुगेको छ । 

सबैतिर समस्या 
पहिरोले ९ नम्बर वडाको सबैतिर समस्या बनाएको छ । वडाध्यक्ष नविन ओलीका अनुसार विशेष गरी खाद्यान्न र फलफूलमा पहिरोले ठूलो क्षेती बनाएको छ । बारीमा रहेको खडा मकै बाली, अदुवा, बेसारमा ठूलो क्षेती पुगेको छ । १२ वटा घर पहिरोको उच्च जोखिममा छन् । हिल, लिङ्गुर र होलका १२ घरमध्य ४ घर परिवार अरुकै घरमा शरण लिएर बसेको वडाध्यक्ष ओलीले बताउनुभयो ।

सूर्याेदय आधारभुत विद्यालयमा पहिरोले क्षेती पुगेको छ । घोर्नेटीको पहिरोका कारणले आवतजावतमा समस्या भएको छ । यो पहिरोले १० नम्बर वडाका सर्वसाधारणलाई समेत समस्या परेको छ । अबको केही दिनपछि क्षेतीको विवरण संकलन गर्ने तयारी भइरहेको वडाध्यक्ष ओलीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update