ठुली दहमा डुबेर एकै घरका दुई दाजु भाइ बेपत्ता
खोजी कार्य जारी
रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ को ठुली दहमा पौडि खेल्ने क्रममा एकै घरका २ दाजु भाइ वेपत्ता भएका छन् । मुसीकोट नगरपालिका १ सल्लेका एकै घरका दुइ दाजु भाइ बेपत्ता भएका हुन् । आज साथीहरु संग घुम्न गएका भिमबहादुर थापा र प्रेम थापा दहमा पौडि खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
भिम दाइ हुन भने प्रेम भाइ हुन् । उनिहरुकाे खाेजि भइरहेकाे प्रहरीले जनाएको छ । यसबारेमा खवर आएपछि आफुहरु घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली घटनास्थल तर्फ गइरहेको उहाँले बताउनुभयो । घटना स्थल पुग्न मध्यपहाडि लोकमार्गबाट झण्डै पौने घण्टा पैदल हिड्नुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८ १५:११
प्रतिक्रिया दिनुहोस्