रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ को ठुली दहमा डुबेर वेपत्ता भएका दुई दाजु भाइको शव फेला परेको छ । आज दिउँशो साढे १ बजेतिर पौडि खेल्ने क्रममा दहमा डुबेका उनिहरुको अपरान्ह ४ः२० बजेतिर शव फेला परेको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए । दुवै दाजु भाइको शव दहभित्रको दलदलमा फसेको अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।
मुसीकोट नगरपालिका १ सल्लेका २१ वर्षिय भिमबहादुर थापा र १७ वर्षिय वर्षिय प्रेम थापा पौडि खेल्ने क्रममा दहमा डुबेर वेपत्ता भएका थिए । भिमबहादुर दाइ र प्रेम भाइ हुन् । डुबेको करिब ३ घण्टा उनिहरुको शव निकालिएको प्रहरीले जनाएको छ । साथीहरु संग घुम्न गएका उनिहरु पोडि खेल्न दहमा पसेको प्रहरीले जनाएको छ । अहिले मुचुल्का तयार भइरहेको र त्यसपछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याईने प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।