सोलाबाङ-धाउने-बालुवा सडक खण्ड अवरुद्ध भएको छ । बिहिबार साँझको वर्षाका कारण रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ मा पर्ने खडक खण्डको विभिन्न ठाउँमा पहिरो झरेपछी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि शुक्रबार बिहान देखी यातायातका साधन चल्न सकेका छैनन् ।
यातायातका साधन ठप्प हुँदा सिस्ने ७ र ८ का स्थानीयलाई रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगा पुग्न समस्या भएको छ । दुई महिना अघि देखी विभिन्न कामकाजको लागि जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट जान नपाएका यी दुई वडाका नागरिक पछिल्लो समय रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगाबाट बैंकिङ कारोबारका साथै अन्य कामहरु पनि गर्दै आएका छन ।
कोछे पहिरो र नाथिगाड खोलाका कारण उनीहरुलाई अस्थायी सदरमुकाम रुकुमकोट पुग्न समस्या भएको हो । अवरुद्ध सडक सन्चालन गर्ने प्रयासमा वडा लागि रहेको ८ नम्बर वडा अध्यक्ष खर्कसिंह थापाले जानकारी दिनुभयो ।