रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा घर भत्किदा एक बालिकाको मृत्यु भएको छ । वडा नम्बर ७ को डाँफे स्थित स्थानीय डण्डे कामीको ९ वर्षिया छोरी लालमती कामीको गयराति १ बजेको समयमा घरको भित्ता भत्किदा च्यापिएर मृत्यु भएको हो । सुतिरहेको अवस्थामा घरको एक साईटको भित्ता भत्किएको र उक्त भित्ताले च्यापिएर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय राडीका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो । अन्य ३ जना भने ज्यान जोगाउन सफल भएका छन् ।
सुनारका अनुसार भित्तातिर सुतेकी लालमती च्यापिएको र उनका आमा, बुवा तथा भाइ भने भाग्न सफल भएका थिए । बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सुनारको भनाई छ । लगातार वर्षा हुँदा पानी चुहिएका कारण दुई तले घरको भित्ता भत्किएको प्रहरीले जनाएको छ । बालिकाको शव पोष्ट मार्टमका लागि नगर अस्पताल राडीमा ल्याउदै गरेको इलाका प्रहरी कार्यालय राडीले जानकारी दिएको छ ।