सिस्ने ७ मा खानेपानीकाे पाइप पहिराेले बगायाे, डेढ सय घरधुरी प्रभावित
अहिले कामचलाउ रूपमा गाउँमा खानेपानी ल्याइएकाे छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ७ मा रहेको तिङ्ग्रीखोला खानेपानी आयोजनाको पाइप पहिरोले बगाएको छ । गत बिहिबार साँझ आएको पहिरोले खानेपानी आयोजनाको पाइप बगाएको हो । भारी वर्षासँगै आएको पहिरोले आयोजनाको ५० मिटर पाइप बगाएको स्थानीय कर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
२०५८ सालमा जि.टि.जेट. संस्था मार्फत निमार्ण भएको खानेपानी आयोजनामा पहिरोले क्षेती गर्दा वडाका सानचौर, कानेबाङ, गोठेचौर, लगायत टोलका १ सय ५० घरमा खानेपानी आपुर्तिमा समस्या भएको स्थानीयको भनाइ छ । खानेपानी आयोजनालाइ पहिल्यै कै अवस्थामा ल्याउन समय लाग्ने भएको हुदा अहिले श्रेतीग्रस्थ पाइपलाइ मर्मत गरेर काम चलाईएको वडा अध्यक्ष अमृते बुढाथोकीले बताउनुभयो ।
गाउँदेखी २ किलोमिटर टाढा तिङाग्रीखोला मुहानबाट पानी ल्याइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८ १६:५०
प्रतिक्रिया दिनुहोस्