Kakhara सबैको खबर सम्पूर्ण खबर
अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री ओली सहमत

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार जारी अध्यादेश फिर्ता लिन सहमत हुनु भएको छ । पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार हुनुभएको हो । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो । त्यही छलफलमा ओलीले अध्यादेश फिर्ता लिने र असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने सहमति भएको छ ।

ओली र दाहालबीचको दोस्रो चरणको वार्तामा महासचिव विष्णु पौडेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाल लगायतका नेताहरु पनि सहभागि हुनु भएको थियो । मंगलबार संवैधानिक अध्यादेश ल्याइएपछि नेकपा भित्र तथा बाहिरबाट त्यसको चर्को विरोध भएको थियो । प्रधानमन्त्री ओली अर्का अध्यक्षसँगको छलफलपछि स्थायी कमिटिको बैठकमा पनि सहभागि हुनुभएको छ । अब नेकपाको स्थायी कमिटि बैठक ५ गते बस्नेछ भने केन्द्रीय समितिको बैठक पुष १० गतेलाई तय गरिएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update