Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमकोट–काठमाण्डौं ४४१ किलोमिटर

मध्यपहाडी लोकमार्ग नियमित सञ्चालन भएको केही वर्ष भयो । गत वर्षदेखि त वर्षामा पनि मध्यपहाडी लोकमार्ग सररर चल्छ । रुकुम पूर्व जिल्लामा पर्ने लगभग सबै ठाउँमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भइसकेको छ । पछिल्लो समय रुकुम पूर्वका अधिकांश सर्वसाधारण मध्यपहाडी भएरै काठमाण्डौं जाने गरेका छन् ।

रुकुमकोटबाट काठमाडौंसम्म ४ सय ४१ किलोमिटर यात्रा गर्नुपर्छ । त्यस अघि रुकुम पश्चिम, सल्यान, दाङ, कपिलवस्तु, नवलपरासी, रुपन्देही, चितवन भएर काठमाण्डौं जानेहरु अब मध्यपहाडी भएर बाग्लुङ, पर्वत, कास्की, तनहुँ भएर काठमाण्डौं गइरहेका छन् । मध्यपहाडी भएर काठमाण्डौं जानेहरु राप्ती राजमार्ग र पूर्व पश्चिम राजमार्ग भएर भन्दा छिटो काठमाण्डौं पुगिरेहका छन् ।

मध्यपहाडीले काठमाण्डौं आउजाउलाई सजिलो बनाइदिएको छ । कोरोना भाइरसको दोहोरो भेरियन्ट आएपछि लकडाउन हुनुपूर्व रुकुमकोटबाट काठमाण्डौंसम्म एक हजार ८ सय सम्म भाडा लाग्थ्यो । हाल भने यो भाडा बढेर २ हजार देखि २ हजार १ सय सम्म तोकिएको छ । रुकुमकोटबाट दैनिक दुई वटा बस काठमाण्डौं लागिरहेका छन् ।

काठमाण्डौं दुरी ४ सय ४१ किलोमिटर छ । तपाइहरुलाई त्यो भन्दा यताको विवरण पनि हामी दिँदै छौं । युवा विकास केन्द्र सिस्ने गाउँपालिकाले काठमाण्डौं पुग्नु पहिलाका विभिन्न ठाउँको दुरी उल्लेख गरेर एउटा बोर्ड नै राखेको छ । सोही विवरणका अनुसार काठमाण्डौं सम्मको दुरीको विवरण यस्तो छ । रुकुमकोटदेखि भूमे गाउँपालिका खावाङबगरसम्मको दुरी १७ किलोमिटर छ । काँक्रीसम्मको दुरी २२ किलोमिटर छ ।

रुकुमकोटबाट भूमे गाउँपालिकाकै लुकुम पुग्न २१ किलोमिटर यात्रा तय गर्नुपर्छ भने त्यसपछि पुगिने पाथिहाल्न ४४ किलोमिटर यात्रा गर्नुपर्छ । यो ठाउँ रुकुम पूर्व र बाग्लुङ जिल्लाको सिमाना हो । रुकुमकोटबाट ८५ किलोमिटर यात्रा गरेपछि बाग्लुङकै बुर्तिवाङ पुगिन्छ । १ सय ७० किलोमिटर यात्रा गर्दा बाग्लुङबजार पुगिन्छ भने २ सय ४० किलोमिटर यात्रा गरेपछि कास्की पुगिन्छ । 

४ सय ४१ किलोमिटर पार गरेपछि काठमाण्डौं पुगिन्छ । पछिल्लो समय मध्यपहाडी लोकमार्गले सजिलो बनाइदिएको सिस्ने गाउँपालिका ३, लिलाराम खड्काले बताउनुभयो । हिउँदमा हिउँ र वर्षामा कतै कतै पहिरो झर्ने भने समस्या छ । पहिरो, खोलानाला र हिउँले केही समय सडक अवरुद्ध गरेपनि यात्रा सजिलो र छिटो मध्यपहाडीको भएको अर्का एक यात्रु नरेश बुढा मगरले बताउनुभयो । रुकुम पश्चिम मुसीकोट खलंगाबाट रुकुमकोट पुग्न ३७ किलोमिटर यात्रा गर्नुपर्छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update