Kakhara सबैको खबर सम्पूर्ण खबर
२०२० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ पीसीआर परीक्षणमा मंगलबार थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९०१ परीक्षणबाट ५०५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ८१० परीक्षणमा २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५१ हजार १ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख २ हजार १८३ छ । नेपालमा कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ५६८ पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update