Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र रुकुम पश्चिमको इन्चार्जमा वसन्तकुमार शर्मा
वसन्तकुमार शर्मा ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रुकुम पश्चिम जिल्ला इन्चार्जमा वसन्तकुमार शर्मालाई तोकेको छ । पार्टीको केन्द्रीय सदस्य शर्मा यस अघि सह इन्चार्ज हुनुहुन्थ्यो । पार्टीको केन्द्रीय समितिले प्रत्यायोजन गरेको अधिकार अनुसार पार्टीको स्थायी समितिले प्रदेश पदाधिकारी तथा जिल्ला इन्चार्ज तोकेको हो ।

त्यस क्रममा रुकुम पश्चिमको इन्चार्जमा शर्मा तोकिनु भएको हो । शर्मा माओवादी–एमाले एकता हुँदा र दुवै पार्टी अलग भएपछि पनि जिल्लाको सह इन्चार्ज हुनुहुन्थ्यो । त्यस अघि उहाँले लामो समय पाल्पा जिल्लाको नेतृत्वमा काम गर्नुभएको थियो भने जनयुद्धकालमै रुकुमको सेक्रेटरीको भूमिका निर्वाह गर्नुभएको थियो ।  विद्यार्थी संगठनबाट राजनीतिमा आउनु भएका उहाँ २०५२ सालदेखि नै माओवादीमा पूर्णकालिन हुनु भएको थियो । 

माओवादीले रुकुम पूर्वमा भने पूरानैलाई निरन्तता दिएको छ । रुकुम पूर्वको इन्चार्जमा तेजबहादुर ओली तोकिनु भएको छ । पार्टीको इन्चार्जमा पहिला पनि ओली नै हुनुहुन्थ्यो । एमालेसँग पार्टी एकता गर्दा भने ओली सह इन्चार्ज हुनु भएको थियो । एमालेलाई इन्चार्जको भाग गरेपछि ओली सह इन्चार्ज हुनु भएको थियो । माओवादी र एमाले एक्ला एक्लै बनेपछि पार्टीले पहिलो पटक जिल्ला इन्चार्ज तोकेको हो । त्यसमा रुकुम पूर्वमा पुनः ओली इन्चार्ज तोकिनु भएको हो । 
 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update