रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ का कुश्माकर बिक अहिले २० वर्षका भए । सानै देखि फुटबलमा रुचि राख्ने कुश्माकरको एउटै सपना छ, राष्ट्रिय टीमबाट फुटबल खेल्ने । उनलाई थाहा छैन् यो सपना पुरा हुन्छ या हुँदैन् । तर उनि यो सपना पुरा गर्न कडा मिहेनत गरिरहेका छन् । गाउँमै छदा उनमा फुटबलको चासो थियो । गाउँमा खासै फुटबलको क्रेज थिएन् । उनले गाउँमा खास फुटबल खेल्न पाएनन् । कहिले काही सदरमुकाम खलंगा आएको बेला भने उनले अलि अलि फुटबल खेले । २०७४ सालमा एसइई दिएर काठमाडौं गए । त्यसपछि उनले त्यहाँ ७ महिना जति फुटबल खेल्ने मौका पाए ।
उनलाई त्यो भन्दा अझ बढी फुटबल सिक्न मन लाग्यो । भारतमा राम्रो फुटबल सिकाउँछन् भन्ने सुनेका उनिले भारतमा गएर फुटबल सिक्ने सोँच बनाए । यो कुरा घर परिवारमा भने । परिवारले पनि अनुमति दियो । त्यसपछि उनि फुटबल सिक्न कोलकत्ता तिर हानिए । उनले त्यहाँ २ वर्ष फुटबल सिके । त्यहाँ उनले राम्रो फुटबल सिक्ने मौका पाएको बताए । दुई वर्षपछि उनि नेपाल फर्किए । फुटबल सिक्नकै लागि उनले २ वर्ष पढाईलाई बिश्राम दिए । नेपाल फर्किएपछि उनि नेपालगञ्जमा बस्न थाले । पढाईका लागि नेपालगञ्जमा बस्न लागेका उनि विजनेस विषयमा क्याम्पस जोईन भए । तर उनलाई फुटबलको मायाले मैदानतिर तान्न छाडेन् ।
नेपालगञ्जमा स्थानीय क्लबमा उनले प्रशिक्षणलाई जारी राखे । उनि मिडफिल्डर हुन् । विपक्षिलाई छक्याएर गोलका लागि साथीलाई पास सृजना गर्न उनलाई निकै खुशि लाग्छ । उनको कामै स्ट्राइकरहरुलाई गोलको अवसर सृजना गर्ने र आफैले पनि टिमका लागि गोल गर्ने हो । उनिका लागि फुटबल नै जिवन हो । ‘मेरो पहिलो प्राथमिकता फुटबल नै हो, त्यसपछि मात्र पढाई हो उनले भने ।’ उनको अधिकांश समय फुटबल संगै बित्ने गरेको छ ।
हालै उनि अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने शहीद स्मारक सी डिभिजन लिगको क्वाईफाईका लागि सुन्धारा युवा क्लब संग आवद्ध भएका छन् । सी डिभिजन लिगको तयारी गरिरहेको सुन्धारा युवा क्लवले फेसबुकमा राखेको सूचना देखेर ट्रायल दिन पुगेका उनि क्बलका लागि छनौट भएका छन् । उनको खेल देखेर क्बलले उनिसंग २ महिनाको सम्झौता गरेको छ । उनिसंग दुई वटा अवसर छन् । एउटा आफुले राम्रो खेल्ने र क्बललाई लिगका लागि क्वालिफाई गराउने । अनि अर्को राम्रो खेलेर अरु क्लबको नजरमा पर्ने र क्बल छनौट नभएपनि आफु लिगका लागि छनौट हुने ।
आफ्नो पहिलो प्रयास राम्रो खेल्ने नै हुने उनि बताउँछन् । आफुले राम्रो खेल्यो भने समग्र टिमका लागि नै राम्रो हुने उनको बुझाई छ । अहिले तत्कालको आफ्नो सपना सी डिभिजन लिग नै खेल्नु रहेको उनले सुनाए । ‘भोलीका दिनमा त राम्रो गर्दै जाने र देशको नै प्रतिनिधित्व गर्ने लक्ष छ तर त्यसका लागि यो खुड्किलो मेरा लागि निकै महत्वपूर्ण छ, मेरो अहिलेको मुख्य लक्ष नै सी डिभिजन लिगका लागि छनौट हुनु हो, उनि भन्छन् ।’ यहाँबाट अगाडि बढ्न सकेको खण्डमा भोलीका दिनमा ठुलठुला अवसरहरु पाईने छ भन्ने उनलाई थाहा छ । त्यसकारण पनि यो पहिलो खुड्किलो पार गर्नु आफ्ना लागि निकै नै महत्वपूर्ण रहेको उनले बताए ।
छनौटको यात्रा भने सहज नभएको उनिलाई थाहा छ । देशभरका ७२ वटा क्लबले सी डिभिजन लिगमा छनौट हुनका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यसबाट जम्मा ३ वटा क्लबले मात्र सी डिभिजन लिगका लागि स्थान बनाउने छ । प्रतिस्पर्धा एकदमै कडा भएपनि आफुले शतप्रतिशत दिने कुश्माकरको भनाई छ । उनलाई परिवारको साथ छ । परिवारका सदस्यले फुटबल सिक्नका लागि आफुलाई साथ दिएको उनले बताए ।