Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू ताल जाने सडक अवरुद्ध

स्यार्पू ताल जाने सडक अवरुद्ध भएको छ । रूकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिका वडा नम्बर ३ र ४ को सिमानामा ठुलो पहिरो खस्दा स्यार्पू ताल जाने सडक अवरुद्ध भएको हो । सडकमा ठुल ठुला ढुङगा खसेका छन् । पहिरोको कारण सडक अवरुद्ध हुनुका साथै पैदल यात्रीलाई पनि अफ्ठयारो भएको वडा नम्बर ३ का अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

लगातारकाे वर्षाका कारण बिहिबार बिहान देखि निरन्तर पहिराे खसिरहको छ । निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भएको वडाध्यक्ष केसीकाे भनाई छ । पहिरो खस्न कम भए भाेलीबाट पहिरो हटाउन सुरु गरिने अध्यक्ष केसीको भनाई छ । पहिरो निकै ठुलो र ठुल ठुला ढुङ्गा खसेका कारण पहिरो हटाउन कम्तिमा ५ दिन जति लाग्ने देखिएकाे छ ।

पहिरो खसे पछि वडा नम्बर ३ का स्थानीय बाँफिकोटको नेटा वजार जानको लागि खरखरेको बाटो प्रयोग गर्दै आएका छन् । खरखरेको बाटो प्रयोग गरे पनि माथिबाट खसिरहने पहिरोका कारण निकै जोखिम रहेकाे स्थानीयकाे भनाइ छ । यो समयमा स्यार्पू ताल पुरै भरिने भएकाले पनि स्यार्पू ताल अवलोकनका लागि घुईचो समय हाे । तर सडक अवरुद्ध हुदा स्यार्पू पुग्न समस्या भएकाे छ । 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update