Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेरास्ववियु (क्रान्तिकारी)को २६ औ जिल्ला सम्मेलन भाद्र २२ र २३ गते

नेपाल कम्युनिष्ट पाटी (माओबादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु (क्रान्तिकारी) को २६ औ जिल्ला सम्मेलन यही भाद्र २२ र २३ गते हुने भएको छ । शुक्रबार वसेको संगठनको जिल्ला कमिटी बैठकले जिल्ला सम्मलेनको मिति तय गरेको हो । सम्मेलन मुसीकोट नगरपालिका ५ शेरिगाउँमा हुने प्रचार विभाग संयोजक खुमराज ओलीले जानकारी दिनुभयो । जिल्ला सम्मेलन अघि पालिका सम्मेलन गर्ने निर्णय भएको उहाँको भनाई छ । भाद्र १८ र १९ गते ६ वटै पालिकाको सम्मेलन सक्ने गरि संगठन तयारीमा लागेको छ । जसको लागि पालिका इञ्चार्ज समेत तोकिएको छ

मुसीकोट नगरपालिकामा बिशाल बिष्ट, आठबीसकोट नगरपालिकामा खुमराज ओली, चौरजहारी नगरपालिकामा निराजन केसी, सानीभेरी गाउँपालिकामा रामबहादुर बिष्ट, त्रिबेणि गाउँपालिकामा जीवन खड्का र बाँफिकोट गाउँपालिकामा नारायण केसीलाई इञ्चार्जको जिम्मेवारी तोकिएको हो । जिल्ला सम्मेलनको नारा समेत तय गरिएको छ । सम्मेलनको नारा ‘जिल्लाका आम शैक्षिक समस्या पहिचान र निराकरणको लागि हाम्रो आन्दोलन, सुदृढ संगठन र उपलव्ध शैक्षिक नीति कार्यान्वयनको लागि २६ औ जिल्ला सम्मेलन’ रहेको छ । सम्मेलनको लागि जिल्ला भरिबाट ३५ प्रतिशत छात्रा सहित १ सय ११ जना मध्य गाउँपालिकाबाट १५/१५ जना र नगरपालिकाबाट २०/२० जना प्रतिनिधि सहभागी गराउने निर्णय भएको छ । 

त्यस्तै सम्मेलनको लागि विभिन्न विभाग पनि गठन गरिएको छ । शुशिल बिष्टको संयोजकत्वमा प्रतिवेदन लेखन विभाग, खुमराज ओलीको संयोजकत्वमा प्रचार–प्रसार विभाग, नारायण केसीको संयोजकत्वमा स्वयमसेवक विभाग गठन गरिएको छ ।त्यस्तै जीवन खड्काको संयोजकत्वमा आर्थिक व्यवस्थापन विभाग, निराजन केसीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन विभाग, रामबहादुर बिष्टको संयोजकत्वमा मेस तथा मञ्च व्यवस्थापन बिभाग र बिशाल बिष्टको संयोजकत्वमा साँस्कृतिक विभाग गठन गरिएको छ । सम्मेलन स्वास्थ्य सुरक्षाका मापदण्डको पुर्ण पालना गर्दै सम्पन्न गरिने संगठनका जिल्ला सचिवालय सदस्य विशाल बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलन शहीद प्रतिष्ठानको सभाहल शेरिगाउँमा हुने छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update