Kakhara सबैको खबर सम्पूर्ण खबर
१४ महिनाः १४ व्यक्ति पक्राउ, ४४ केजी अफिम र अढाई केजी चरेश बरामद

रुकुम पश्चिममा वितेको १४ महिनामा ठुलो परिमाणमा लागू औषध बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट ४४ केजि अफिम र अढाई केजी चरेश सहित १४ जना पक्राउ परेका छन् । प्रहरीले छुट्टा छुट्टै ठाउँबाट ठुलो परिमाणको लागु औषध सहित उनिहरुलाई पक्राउ गरेको हो । गत वर्षको असोज महिना देखि मंसिर ३० गते हिजोसम्म ४४ केजी अफिम र २ केजी ७ सय ५० ग्राम चरेश बरामद गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगवहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार २३ केजी भेलिबाट बनाईएको झुक्याउने खालको पदार्थ पनि बरामद गरिएको छ । पक्राउ पर्नेमा ७ जना जिल्लाका रहेका छन् भने ७ जना जाजरकोटका रहेका छन् ।

७ रोपनिमा गरिएको लागू औषध फडानि
प्रहरीले यहि अवधिमा जिल्लामा ठुलो क्षेत्रफलमा खेति गरिएको अफिम र गाँजा फडानि समेत गरेको छ । ६ रोपनि क्षेत्रफलमा गरिएको अफिम खेति र १ रोपनि क्षेत्रफलमा गरिएको गाँजा खेति नष्ट गरिएको डिएसपि केसीले बताउनुभयो । जिल्ला सदरमुकाम देखि नजिकै देखि दुर्गम गाउँ सम्ममा लागू औषध उत्पादन भइरहेको प्रहरीले जनाएको छ । हरके वर्ष प्रहरीले अफिम र गाँजा फडानि अभियान नै संचालन गर्ने गरेको छ । यसमा शसस्त्र प्रहरीले समेत सघाईरहेको छ । प्रहरीले लागू औषध फडानिका लागि विशेष टोली नै परिचालन गरिरहेको छ ।

वर्षेनि ठुलो क्षेत्रफल फडानि तर घटेन उत्पादन
ठुलो क्षेत्रफलमा गरिएको अफिम र गाँजा फडानि गरिएपनि लागू औषधको उत्पादन र कारोवार भने झन् झन् बढ्दो देखिएको छ । जति नष्ट गर्यो त्यतिनै लागू औषध बरामद भइरहेको डिएपि केसीले बताउनुभयो । जिल्लामा लागू औषध ठुलो समस्याको रुपमा रहेको उहाँले बताउनुभयो । त्यस्तै जिल्लाको बाटो भएर जाजरकोट र डोल्पामा उत्पादन भएको लागू औषध पनि ओसारपसार हुने गरेको छ । ७ जना जाजरकोटका पक्राउ पर्नुले पनि रुकुमको बाटो बाहिरी जिल्लाका कारोवारीहरुले प्रयोग गरिरहेको पुष्टि गरेको उहाँको भनाई छ ।

आर्थिक अभाव र अशिक्षा प्रमुख कारण
आर्थिक अभाव, गरिबी, अशिक्षा, बेरोजगारी र कानुनि चेतनाको कमिका कारण जिल्लामा लागू औषधको उत्पादन बढिरहेको प्रहरीको निष्कर्ष छ । छिट्टै धनी हुने मनसायले यसको उत्पादनमा बढ्वा मिलेको देखिएको डिएसपि केसीले बताउनुभयो । भौगालिक बिकटता, ऐलानी जग्गामा खेती हुने, अपरिचित मानिसबाट जंगलमा खेती गर्ने र व्यवशायिक माफियाबाट लगानि हुने, सूचना र सहयोग नगर्ने र प्रहरीको पहुँच नभएको स्थान छनौट गर्नु लागू औषध कारोबार र उत्पादन न्युनिकरणका प्रमुख चुनौति रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update