नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रन्तिकारी)ले जिल्ला सम्मेलनको तयारी स्वरुप पालिकाहरुको सम्मेलनलाई तिव्रता दिएको छ । २२ र २३ गते जिल्ला सम्मलेन तोकेको संगठनले १९ गते सम्म सबै पालिकाको सम्मेलन सक्ने गरि तयारी गरेको छ । सोही अन्तरगत आईतबार बसेको संगठनको त्रिबेणि गाउँपालिका कमिटीले भाद्र १९ गते पालिका सम्मेलन गर्ने निर्णय गरेको छ । संगठनका गाउँपालिका अध्यक्ष भिमदत्त बुढाथोकीको अध्यक्षतमा बसेको बैठकले १९ गते गाउँपालिकाको सम्मेलन गर्ने निर्णय गरेको हो ।
गाउँपालिका सम्मेलनको लागि क्याम्पस तथा बिद्यालयबाट बिद्यार्थी सहभागिता गराउनको लागि बिभिन्न व्यक्तिलाई जिम्मेवारी दिईएको छ । पालिका सम्मेलनमा एउटा शिक्षण संस्थाबाट २५ जना बिद्यार्थीको सहभागिता गराईने छ । कम्तिमा ५० प्रतिशत छात्राको सहभागीता अनिवार्य गरिएको पालिका सम्मेलन प्रचार–प्रसार विभाग संयोजक दिपक रावलले जानकारी दिनुभयो ।त्यस्तै भाद्र १५, १६ र १७ गते सम्म सबै बिद्यालय तथा वडाहरुमा संगठन विस्तार गरि सक्ने निर्णय पनि भएको रावलको भनाई छ । सम्मेलन सफल बनाउन बिभिन्न विभाग पनि गठन गरिएको छ ।
प्रतिबेदन लेखन विभागमा भिमदत्त बुढाथोकी, प्रचार–प्रसार विभागमा दिपक रावल, स्वयंसेवक विभागमा टिकाराम ओली, आर्थिक व्यवस्थापन विभागमा यामराज केसीलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै प्रतिनिधी व्यवस्थापन विभागमा करुणा खड्का, मञ्च तथा मेस व्यवस्थापन विभागमा अर्जुन खड्का, साँस्कृतिक बिभागमा निर्मला बुढाथोकी र अतिथि सत्कारमा राजेश केसीलाई जिम्मेवारी दिईएको छ । त्यस्तै बैठकले नयाँ सदस्या वितरण र नविकरणको कामलाई तिव्रता दिने निर्णय पनि गरेको छ ।