Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेरास्ववियु (क्रान्तिकारी) बाँफिकोटको सम्मेलन पनि भाद्र १९ गते 

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाको सम्मेलन पनि भाद्र १९ गते हुने भएको छ । जिल्ला सम्मेलनको तयारीमा रहेको अनेरास्ववियु (क्रान्तिकारी)ले भाद्र १९ गतेसम्म जिल्लाका सबै ६ वटै पालिकाको सम्मेलन गरिसक्ने निर्णय गरे अनुसार बाँफिकोटको सम्मेलन १९ गते नै हुने भएको हो । 

संगठनको तेस्रो पालिका स्तरीय बैठकले भाद्र १९ गते पालिका सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले सम्मेलनको नारा तय गरेको छ । “बाफिकोट गाउपालिका शैक्षिक रूपान्तरण र उपलब्ध नीति कार्यन्वयनका लागि हाम्रो आन्दोलन, “गतिशील संगठन र प्रगतिशिल बिद्यार्थी एकताको पक्षमा दोस्रो गाउँ सम्मेलन” भन्ने नारा तय गरिएको छ । 

बैठकले कम्तीमा ४० प्रतिशत नघट्ने गरि छात्रा सहभागिता गराउने, कोभिड–१९लाई मध्यनजर गर्दै एउटा शिक्षण संस्था र वडाबाट ५÷५जनाको दरले १३ वटा शैक्षिक संस्थाबाट ६५ जना प्रतिनिधी सहभागी गराउने, भाद्र १५, १६ र १७ गते बिद्यालय कमिटी वा टोल निर्माण गर्ने निर्णय गरेको छ । 

त्यस्तै संगठन विस्तारका लागि बिद्यालय स्तरीय जिम्मेवार पनि तोकिएको छ । बिरेन्द्र मा.बि. बाफिकोटमा एस्थर पुन मगर, सिदार्थ मा.बि. मग्मामा समकृति पुन मगर, जनकल्याण मा.बि.पिपलमा किरण विश्वकर्मा, नेपाल राष्ट्रिय माबि ढारबाङमा मनिषा सुनार, नेपाल राष्ट्रिय माबि दुलीमा सुर्यप्रकाश शर्मा र बालकल्यान मा.बि. सिम्तारुमा प्रेम पुनलाई जिम्मेवारी तोकिएको छ । 

जनकल्याण मा.बि.झुलामा हस्त बि.क, भानुभक्त मा.बि. गाराबाङमा टेकराज रसाइली, स्यार्पुताल मा.बि स्यार्पुमा प्रकाश खनाल, स्यार्पू बहुमुखी क्याम्पसमा प्रेम पुन, प्राबिधिक शिक्षालय (आई.एस.सी.ए.जी.) पिपलमा किरण विश्वकर्मा, प्राबिधिक शिक्षालय (सिभिल इन्जिनियर) मग्मामा समकृति पुन मगर र प्राबिधिक शिक्षालय (कम्प्युटर इन्जिनियर) बाँफीकोटमा एस्थर पुन मगरलाई संगठन विस्तारको जिम्मेवारी दिईएको छ । 

सम्मेलनलाई सफल पार्नका लागि विभिन्न विभागहरु पनि गठन गरिएको छ । प्रतिबेदन लेखन प्रेम पुन मगर, साँस्कृतिक विभाग मनिषा सुनार, स्वयंसेवक विभाग प्रकाश खनाल, प्रचारप्रसार विभाग समकृति पुन मगर, आर्थिक विभाग किरण विश्वकर्मा, –प्रतिनिधी ब्यवस्थापन बिभाग टेकराज रसाइली, मेस ब्यवस्थापन विभाग सुर्यप्रकाश शर्मा र अतिथि सत्कार विभागको जिम्मेवारी एस्थर पुन मगरलाई दिने निर्णय भएको छ । 

बैठकले जिल्ला सम्मेलनलाई लक्षित गर्दै सदस्यता बितरण कार्यलाई तिब्रता दिने निर्णय पनि गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update