लौ हिँड साथी हो नयाँ बाटो जाऔं ।
समाजवादी यात्रामा उठाऔं अब गाउँ ।।
रात वित्यो, घाम झूल्क्यो गणतन्त्र आछ ।
समृद्धिको यात्रा गर्ने युग सुरु गर्ने युग सुरु भाछ ।।
यो गीत केही समय अघि बजारमा आयो । त्यो गीत न माया प्रेमको थियो न रोधिघरको नै । विशेष गरी विकास र समृद्धिको अभियानमा लाम्बद्ध हुन आग्रह गरिएको उक्त गीत नियमिम साधनामा लागेका व्यक्तिले लेखेको भने होइन । राजनीति मार्फत समाज तथा देश परिवर्तणका लागि हिडेका व्यक्ति राजकुमार शर्माले उक्त गीत लेख्नु भएको हो । शर्मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख, जिल्ला समन्वय समिति महासंघ कर्णाली प्रदेशको समेत अध्यक्ष हुनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज रहनुभएका शर्माले विकास र समृद्धिको यात्रामा लाग्ने प्रेरणा प्रदान गर्ने उद्देश्यले गीत लेखेको बताउनुभयो । किरणबाबु पुन र तुलषा पुन घर्तीको स्वर रहेको गीतको नाम नयाँ बाटो हो । देश परिवर्तणका विभिन्न सन्दर्भ र आन्दोलनले एउटा अवस्था ग्रहण गरेकाले अब विकासमा लाम्बद्ध हुनुपर्ने भाव गीतको छ । ‘हरेक काममा गीत संगीतको महत्व छ । विकास निर्माणमा पनि यसको महत्व कम हुने कुरै भएन,’ शर्माले भन्नुभयो, ‘विकास र समृद्धिमा लस्करै लाग्न प्रेरणा जागोस् भनेर यो काम गरिएको हो ।’
शर्माकै रचनामा अर्को गीत पनि बजारमा आएको छ । यसमा पनि पुरुषतर्फ स्वरमा किरणबाबु पुनको स्वर छ भने महिलामा टिका पुनले स्वर दिनुभएको छ ।
बन्छ, बन्छ समृद्ध देश, समृद्ध देश ।
गणतान्त्रिक व्यवस्थामा फेरियो परिवेश ।।
बाटो घाटो केही थिएन नुन बोक्थ्यौं पहिले ।
गाउँ गाउँमा मोटर पुग्यो सुख पायौं अहिले ।।
यस्तै यस्तै शब्द समेटिएको यो गीत छिटटै सबैतिर पुर्याउने तयारी रहेको जनाइएको छ ।