Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीका ३ सांसद नेकपा समाजवादीमा

कर्णाली प्रदेश सभाका तीन एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका छन् । प्रदेशसभा सदस्य पश्चिमकी देवी ओली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादीका पक्षमा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराउनुभएकाे हाे ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद देवी ओली र चन्द्रबहादुर शाही नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिमा समेत हुनुहुन्छ । प्रदेशमा एमालेको २० सदस्यीय संसदीय दलमा विवाद हुँदा नेपाल पक्षमा ९ सांसद खुलेका थिए । जसमध्ये मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, ठम्बरबहादुर थापा, नन्दसिंह बुढालाई एमालेले कारबाही गरेको थियो ।

एमालेका कारवाहीमा उनीहरु चारैजना अहिले नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीमा छन् । एमालेको आन्तरिक विवादको समयमा माधवकुमार नेपाललाई साथ दिँदै आएका सुशील थापा, दल रावल र करवीर शाही भने एमालेमै रहने भएका छन् । नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन् भने दैलेखका सुशील थापाले अझैसम्म प्रस्ट धारणा बनाइसकेको अवस्था छैन ।

सांसद देवी ओलीले अन्य केही सांसदहरुसँग पनि लबिङ भइरहेको बताउनुभयाे । उहाँले अझै केही सांसद नेकपा एकीकृत समाजवादीका पक्षमा आउने दाबी गर्नुभयाे ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update