नेपाली कांग्रेस रुकुम पूर्वले वडा अधिवेषणको तयारी पूरा गरेको छ । आजबाट हुन लागेको १४ औं वडा अधिवेशको सम्पुर्ण तयारी पूरा भएको नेपाली कांग्रेस रुकुम पूर्वले जनाएको छ । जिल्लाको वडा अधिवेषण आजदेखी देखि २३ गते सम्म हुने भएको छ । वडा अधिवेशन सम्पन्न गराउने जिम्मा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार नेपाल शिक्षक संघ रुकुम पूर्वलाई दिइएको छ ।
जस अनुसार अधिवेषणको लागि जिल्लाका ३१ वटै वडामा मतदान अधिकृत खटाईएको नेपाल शिक्षक संघ रुकुम पूर्वका अध्यक्ष रमेश शर्माले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वडाको पार्टी कार्यालयलाई मतदान केन्द्रको रुपमा तोकिएको छ । दिउँसो १ बजेदेखि ४ बजे सम्म मतदान गर्ने समय तोकिएको छ ।
आज सिस्ने गाउँपालिकाको सबै वडा, भूमे गाउँपालिकाको ९ नंम्बर बाहेक अन्य वडा र पुथाउत्तरगंगाको ७ र ८ नम्बर वडामा अधिवेषण गर्ने अध्यक्ष शर्माले बताउनुभयो । बांकि रहेका वडाहरुमा क्रमश भदौ २३ गतेसम्म अधिवेषण गरिसक्ने उहाँको भनाई छ । साथै वडा अधिवेषण सकिएपछि क्षेत्रिय अधिवेषण भदौ मसान्तसम्म गरिसक्ने र जिल्ला अधिवेशन असोज ५ गते हुने छ ।
जिल्लाका तीन गाउँपालिकामा नेपाली कांग्रेसका १२ सय कृयाशिल सदस्य रहेका छन् । यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार रुकुम पूर्वको मुख्य निर्वाचन अधिकृतको रुपमा ईश्वरी प्रसाद ज्ञवाली आउनुभएको छ । नेपाली कांग्रेस रुकुम पूर्व र नेपाल शिक्षक संघ रुकुम पूर्वले मुख्य निर्वाचन अधिकृत ज्ञवालीलाई हिजो स्वागत समेत गरेका छन् ।।