केन्द्रीय महाधिवेशनको तयारी स्वरुप नेपाली कांग्रेसले आज देशभरमा वडा अधिवेशन गर्दै छ । तर रुकुम पश्चिममा भने भाद्र २३ गते जिल्लाभरका सबै ७३ वटै वडामा एकै दिन वडा अधिवेशन हुने भएको छ । तयारी नपुगेकाले भाद्र २३ गते अधिवेशन गर्ने नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ । भाद्र २३ गते सवै वडाकाे अधिवेशन गर्ने नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकृत जिल्लामा आउन ढिलाई भएको र ७३ वटै वडामा मतदान अधिकृत पठाउन समय लागेको उहाँले बताउनुभयो । नेपाल शिक्षक संघबाट मतदान अधिकृत खटाईने सभापति ओलीले बताउनुभयो । त्यस्तै क्रियाशिल सदस्यतामा केहीको नाम छुटेकाले त्यसलाई केन्द्रबाट स्विकृत गराउन समय लागेकाले पनि वडा अधिवेशन गर्न समय लाग्ने उहाँले बताउनुभयो ।
आजबाट २३ गतेसम्म वडा अधिवेशनको अवधी भएकाले यो विचमा जुन दिन पनि अधिवेशन गर्न सकिने भएकाले ढिला भएको भने भन्न नमिल्ने ओलीले बताउनुभयो । केहि ढिलाई भएको जस्तो पर्न भने गएको उहाँले बताउनुभयो ।