नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) रूकुम पश्चिम मुसीकाेट नगर कमिटीको अध्यक्षमा सुर्यप्रकाश शर्मा निर्वाचित हुनुभएकाे छ । शुक्रबार सम्पन्न संगठनकाे दोस्रो सम्मेलनले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गरेकाे हाे । जिल्ला सम्मलेनको तयारीमा लागेको अनेरास्ववियुले शुक्रबार मुसीकाेट नगरपालिकाकाे सम्मेलन सम्पन्न गरेकाे छ ।
सम्मेलनले शर्माकाे अध्यक्षतामा तीन जना पछि थप गर्नेगरी ३५ सदस्यीय नगर कमिटी निर्माण गरेकाे छ । जसको उपाध्यक्षमा खिमला पुन, रेशम परियार, सचिवमा सन्तोष ओली, सह-सचिव देबबाबु देबकोटा, विमला बुढा र कोषाध्यक्षमा मेनुका खड्का चयन हुनुभएकाे छ ।
आज दिउँसो मुसीकाेट ५ शेरीगाउँमास्थित शहीद प्रतिष्ठानकाे सहभाहलमा सम्मेलन उद्घाटन भएकाे थियाे । उद्घाटन सत्रपछि भएकाे सम्मेलनको बन्दसत्रबाट नयाँ नगर कमिटी निर्माण गठन गरिएको हो । सम्मेलनकाे नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार समिति सदस्य देविलाल गौतमले उद्घाटन गर्नुभएकाे थियाे ।
भाद्र २२ र २३ गते जिल्ला सम्मेलनको तयारीमा रहेको अनेरास्ववियु (क्रान्तिकारी)ले पालिका स्तरीय सम्मेलन गरिरहेको छ । भोली एकै दिन ४ स्थानीय तहको सम्मेलन हुँदै छ । चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, त्रिवेणि गाउँपालिका र बाँफिकोट गाउँपालिकामा पालिका स्तरीय सम्मेलन हुने अनेरास्ववियु (क्रान्तिकारी)ले जनाएको छ । सानीभेरी गाउँपालिकामा भने भाद्र २० गते पर्सी हुने बताईएको छ ।