Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा किशोरकिशोरी मैत्री सुचना केन्द्र प्रभावकारी बन्दै 

रुकुम पूर्वको १२ वटा बिद्यालयमा किशोरकिशोरी मैत्री सुचना केन्द्र स्थापना गरिएको छ । पाँच वर्षको अवधिमा जिल्लाका १२ विद्यालयमा सुचना केन्द्र स्थापना गरिएको हो । भूमे गाउँपालिकाका ६ र सिस्ने गाउँपालिकाका ६ वटा विद्यालयमा किशोरकिशोरी मैत्री सुचना केन्द्र स्थापना गरिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूनएफपीए) को आर्थिक सहयोग र परिवार नियोजन संघको आयोजनामा विद्यालयमा किशोरकिशोरी मैत्री सुचना केन्द्र स्थापना गरिएको हो । 

सुरुमा २०७३ सालमा जिल्लाको सिस्ने गाउँपालिकाको रुक्मिणी मावि र त्रिभुवन जनता मावि छिप्रीदह र भूमे गाउँपालिकाको जनजागृती मावि महतमा सुचना केन्द्र स्थापना गरिएको यूएनएफपीएका जिल्ला संयोजक भुवन सेजवालले बताउनुभयो । गत आर्थिक वर्षमा मात्रै सिस्नेका ४ र भूमेका ५ गरी ९ वटा विद्यालयमा किशोरकिशोरी मैत्री सुचना केन्द्र स्थापना गरिएको सेजुवालले बताउनुभयो । पुथाउत्तरगगंगा गाउँपालिकामा भने आगामी दिनमा सुचना केन्द्र स्थापना गरिने बताइएको छ ।

विद्यालयमा किशोरकिशोरी मैत्री सुचना केन्द्र स्थापना भए पश्चात धेरै परिवर्तनहरु भएका छन् । विगतमा प्रजनन् स्वास्थ्य सम्बन्धीका कुरा पढाउन र पढन हिचकिचाउने शिक्षक विद्यार्थीलाई हेर्दा अहिले प्रजनन् स्वास्थ्यका कुराहरु खुलेर पढ्ने र पढाउने गरेको पाइएको छ । बेलाबेलामा विद्यालयका शिक्षक शिक्षिका र बिद्यार्थीहरुलाई यौन शिक्षाको बारेमा पनि विभिन्न कुराहरुको जानकारी गराउने गरिएको छ । 

विद्यालयमा गठन गरिएका किशोरकिशोरी मैत्री सुचना केन्द्रले प्रजनन् स्वास्थ्य, जिवन उपयोगी सीपहरु, सञ्चार सिपहरुको बारेमा जानकारी गराउने गर्दछ भने महिनावारी सरसफाई, किशोर अवस्थामा हुने परिवर्तन, प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा लिनलाई कहाँ जाने भन्ने बारेमा बिद्यार्थीलाई सहजै जानकारी गारउने काम गर्ने यूएनएफपीएका जिल्ला संयोजक सेजुवालले बताउनुभयो । उहाँका अनुसार सुचना केन्द्रले किशोर अवस्थामा आएका समस्या र परिवर्तनहरुलाई खुलेर राख्न सक्ने वातावरण सिर्जना गरेको छ भने बाल विवाह न्यूनीकरण र किशोरकिशोरीहरुलाई कुलतबाट टाढा राख्ने कामहरु गरेको बताईएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update