रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १ मा रहेको नव भिजन सहकारी संस्थाद्धारा सञ्चालित विद्युत आयोजना अवरुद्ध भएको छ । बिहिबार राती परेको चट्याङका कारण विद्युत अवरुद्ध भएकाे हाे ।
९० किलोवाट विद्युत उत्पादन क्षमता रहेको विद्युत आयोजना गृहमा रहेको मदरबोर्डमा चट्याङले क्षति गरेपछि विद्युत सेवा अबरुद्ध भएको बताइएकाे छ । विद्युत अबरुद्ध हुँदा उक्त वडाका सर्वसाधारणका साथै रुकुम पूर्व सिस्ने गाउँपालिका ३, ४, ५ र ६ नम्बर वडाका उपभोक्ता अध्यारोमा बस्न बाध्य भएका छन ।
विद्युत आपूर्तिमा बन्द भएपछि मोबाइल चार्ज गर्न र अन्य बिद्युतिय उपकरण चलाउन समस्या भएको सिस्ने ३ पोखराका ओमप्रकाश खड्काले जानकारी दिनुभयो । काठमाडाैंबाट सामान ल्याउन समय लाग्ने भएको हुँदा छिट्टै विद्युत सेवा सुचारु हुने अवस्था नरहेकाे नव भिजन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र मल्लले जानकारी दिनुभयाे । हाल उक्त आयोजनाका १ हजार ६ सय बढी उपभाेक्ता छन् ।