नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमले ५९ औ स्थापना दिवसको अवसरमा बिरामिलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पताल सल्ले र राप्ती समाज अस्पतालमा रहेका बिरामिलाई आज फलफुल वितरण गरिएको हो । कोरोनाका कारण अन्य कार्यक्रम नगर्ने भएपछि उपचाररत बिरामिलाई फलफुल बितरण गरिएको रेडक्रस जिल्ला शाखा सभापति रमा गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार राप्ती समाज अस्पतालमा रहेका १४ जना र जिल्ला अस्पताल सल्लेमा रहेका ६ जना बिरामिलाई फलफुल वितरण गरिएको हो । त्यसमा ५ जना सुत्केरी तथा गर्भवति महिला, १ जना कोभिडको बिरामि र अन्य विरामि १४ जनालाई रहेका छन् ।स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णु बुढाथोकी, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, नेत्रज्याेती संघका जिल्ला सभापति शिवराम खत्री, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी लगायतले फलफुल बितरणा गर्नुभएकाे हाे ।