Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिममा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा कमी आएको छ । अंग्रेजी वर्ष २०१९ को तुलनामा २०२० मा जिल्लाभरमा मानव अधिकार उल्लंघन तथा ज्यादतिका ४८ वटा घटना भएका छन् । गत वर्ष ५२ वटा घटना भएका थिए । यो वर्षको जनवरी देखि अहिलेसम्म १ वर्षको अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका १५ वटा घटना भएको विहीबार अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले जिल्ला समन्वय समितिको सभाहलमा वार्षिक पूर्व समिक्षा कार्यक्रम आयोजना गरी जानकारी गराएको हो ।

इन्सेकका अनुसार बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका १४ वटा, बहु विवाहका ५ वटा, गैरराज्य पक्षबाट मानव अधिकार उल्लंघनका ३ वटा, गिरफ्तारका २ वटा, परिवारजनबाट हत्याका २ वटा, अन्य पक्षबाट हत्याका १ वटा, यातनाका २ वटा, राज्य पक्षबाट उल्लंघनका १ वटा, आत्महत्या दुरुत्सानका १, यातनाका १, तोडफोड/आगजनिका १ वटा, बाल विवाहका १ वटा र कुटपिटका १ वटा घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटनाहरुलाई इन्सेकले वार्षिक प्रतिवेदनमा उल्लेख गर्ने गरेको छ । गत वर्षको तुलनामा घटनामा केहि कमी देखिएपनि उल्लेख्य सुधार भने हुन नसकेको देखिएको छ । मानव अधिकार उल्लंघन र ज्यादतिका घटनामा मदिरा कारक तत्वका रुपमा देखिएको इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले बताउनुभयो । कुनै न कुनै रुपबाट मदिराको यि घटना हुनुमा भूमिका  रहेको पाइएको उहाँको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update