रुकुम पूर्वका ३१ मध्य २१ वडामा नेपाली कांग्रेसको अधिवेशन भएको छ । जिल्लाका तीन वटै गाउँपालिकामा रहेका २१ वटा वडामा हिजो शुक्रबार अधिवेशन भएको हो । उक्त वडामा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । सिस्ने गाउँपालिकाका ७ वडा, भूमे गाउँपालिकाका ८ वडा र पुथाउत्तरगंगा गाउँपालिकाका ६ वडामा अधिवेशनबाट नेतृत्व चयन गरिएको नेपाली कांग्रेस रुकुम पूर्वले जनाएको छ ।
सिस्ने गाउँपालिकाको वडा नम्बर १ मा अधिवेशन हुन बाँकी छ । भूमे गाउँपालिकाको वडा नम्बर ९ बाहेक अन्य सबै वडामा अधिवेशन सम्पन्न भएको छ । भने पुथाउत्तरंगाका वडा नम्बर ६, ७, ८, ९, १ र १२ नम्बर वडामा अधिवेशन भएको छ । बाँकी वडाको अधिवेशन हुन सेकेन् । वडा अधिवशनबाट वडाको नयाँ कार्यसमिति सहित गाउँ, प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन प्रतिनिधिहरु पनि चयन गरिएको नेपाली कांग्रेस रुकुम पूर्वले जनाएको छ ।
बाँकी रहेका वडाहरुमा भाद्र २२ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कांग्रेसको भनाई छ ।