रावल बने अनेरास्ववियु(क्रान्तिकारी) त्रिवेणिको अध्यक्ष
नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी) रूकुम पश्चिम त्रिवेणि गाउँपालिकाको अध्यक्षमा दिपक रावल चयन हुनुभएको छ । आज भएको दोस्रो पालिका सम्मेलनले रावलको अध्यक्षतामा ३५ सदस्यिय गाउँपालिका कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा दिपेन्द्र ओली र करुणा खड्का, सचिवमा अर्जुन खड्का, सह-सचिवमा भिजन ओली र करिष्मा परियार र कोषाध्यक्षमा केशरमान ओली रहनुभएको छ ।
जिल्लाकाे चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा पनि अनेरास्ववियु क्रान्तिकारीकाे पालिका सम्मेलन आजै सम्पन्न भएको छ ।मुसीकोट नगरपालिकाको सम्मेलन हिजो (शुक्रबार) सम्पन्न भएको थियो । भने सानीभेरी गाउँपालिकाको सम्मेलन भोली(आईतबार) हुने छ ।
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८ २०:००
प्रतिक्रिया दिनुहोस्