Kakhara सबैको खबर सम्पूर्ण खबर
कौछे पहिरोले असार देखि अवरुद्ध सडक आजबाट खुलाइयो
काैछे पहिराे । याे पहिराेले वर्षेनि सडक अवरूद्घ बनाउने गरेकाे छ ।

असार महिना देखि अबरुद्ध सोलाबाङ-धाउन्ने-बालुवा सडक खण्ड आजबाट खुलेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ७ काे कौछे पहिरो हटाएपछि सडक खुलेको हो । वर्षा राेकिएपछि सिस्ने गाउँपालिकाको जेसिबि मार्फत पहिरो हटाइएको  ७ नम्बर वडा अध्यक्ष अमृते बुढाथोकीले जानकारी दिनुभयो । कौछे पहिरोले विशेष गरी सिस्ने ७ र ८ का नागरिकलाई समस्यामा पारेकाे छ ।

सिस्ने ८ का सन्दिप मल्लले लामो समय देखि जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट जान नपाएका २ वडाका सर्वसाधारणलाई अब सदरमुकाम जान सहज हुने बताउनुभयाे । अब गाउँपालिकाले वर्षाको कारण अपरुद्ध भएका सबै वडाका ग्रामिण सडकहरु खोल्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update