आठबीसकोटमा खत्रीको अध्यक्षतामा अनेरास्ववियु क्रान्तिकारीको नगर कमिटी
अनेरास्ववियु (क्रान्तिकारी) रूकुम पश्चिम आठबीसकोट नगरपालिकाको दोस्रो नगर सम्मेलन पनि सम्पन्न भएको छ । शनिबार भएको सम्मेलनले जनक खत्रीको अध्यक्षतामा नयाँ नगर कमिटी गठन गरेको छ । ३५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा कल्पना बिक, बिबेक केसी, सचिवमा दिपक केसी, सह-सचिवमा केशब शाही र शंकर बोहरा तथा कोषाध्यक्षमा दीपा केसी रहनुभएको छ । नयाँ कमिटीको कार्यालय सदस्यमा सुनिता शाह, रामशरन बिक र बिनोद बुढामगर रहनुभएको छ ।
भाद्र २२ र २३ गते जिल्ला सम्मेलनको तयारीमा रहेको अनेरास्ववियु (क्रान्तिकारी) रूकुम पश्चिमले पालिका स्तरमा सम्मेलन गरिरहेको छ । आज चार स्थानीय तहमा पालिका सम्मेलन भएको छ । मुसीकोटमा हिजै शुक्रबार सम्मेलन भइसकेको छ भने भोली आइतबार सानीभेरी गाउँपालिकाको सम्मेलन हुने संगठनले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८ २०:४६
प्रतिक्रिया दिनुहोस्