Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्लामा संस्थापन पक्ष हामी होः अध्यक्ष पुन
नेकपा (एस) का अध्यक्ष पुन ।

नेकपा (एकीकृत समाजवादी) रुकुम पश्चिमका अध्यक्ष बिमलकुमार पुनले रुकुम पश्चिममा एमालेको बहुमत टिम नेकपा एकीकृत समाजवादी पार्टीमा रहेको बताउनुभएको छ । सातौं जिल्ला सम्मेलनबाट निर्वाचित जिल्ला कमिटीको लगभग सिंगो टिम नै एकीकृत समाजवादीमा रहेको उहाँको भनाई छ । 

एकीकृत समाजवादी पार्टीले आज मुसीकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पुनले एमालेको ६५ सदस्यीय जिल्ला कमिटीका सबै पदाधिकारी सहित ४६ जना एकीकृत समाजवादी पार्टीमा रहेको दाबी गर्नुभयो । ५ जना माओवादी केन्द्रमा रहेको उहाँले जानकारी गराउनुभयो । 

बाँकी रहेकाहरुहरु मध्य पनि केही एकीकृत समाजवादी पार्टीमा आउने तयारीमा रहेको दाबी पुनको छ । रुकुम पश्चिममा एमाले एकीकृत समाजवादी पार्टीमा रुपान्तरण भएको अध्यक्ष पुनले बताउनुभयो । जिल्लामा आफुहरुनै संस्थापन पक्ष रहेको उहाँको दाबी छ । ‘पदाधिकारी सहित बहुल टिम नै हामी संग छ, जिल्लामा एमाले एकीकृत समाजवादीमा रुपान्तरण भएको छ, उहाँले भन्नुभयो–जिल्लामा हामी नै संस्थापन पक्ष हौं ।’  

जिल्लामा आफ्नो अध्यक्षतामा १ सय ६ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । अब असोज ६ गतेसम्म सबै पालिका कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण गर्ने र असोज ११ गतेसम्म सबै जनवर्गिय संगठनलाई रुपान्तरण गरिने उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update