माओवादी केन्द्र निकट विद्यार्थि संगठन अनेरास्ववियू क्रान्तिकारीले जिल्लाका सबै पालिकाको सम्मेलन सकाएको छ । १८ गते मुसीकोट नगरपालिकामाबाट सुरु गरेको भएको पालिका सम्मेलन आज सानीभेरी गाउँपालिकाको सम्मेलन सकिएसँगै सम्पन्न भएको हो । सबै पालिकाहरुमा नयाँ कमिटि समिति गरिएको छ ।
मुसीकोट नगरपालिकाको सम्मेलनले सुर्यप्रकाश शर्माको अध्यक्षतामा ३ जना पछि थप्ने गरि ३५ सदस्यीय नगर समिति निर्माण गरेको हो । जसको उपाध्यक्षमा खिमला पुन, रेशम परियार, सचिवमा सन्तोष ओली, सह सचिव देवबाबु देवकोटा, विमला बुढा र कोषाध्यक्षमा मेनुका खड्का रहेका छन् ।
त्यस्तै त्रिवेणि गाउँपालिकाको सम्मेलनबाट अध्यक्षमा दिपक रावल चयन हुनुभएको छ । दोस्रो पालिका सम्मेलनले रावलको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका समिति गठन गरेको हो । जसको उपाध्यक्षमा दिपेन्द्र ओली र करुणा खड्का, सचिवमा अर्जुण खड्का, सहसचिवमा भिजन ओली र करिस्मा परियार र कोषाध्यक्षमा केशरमान ओली चयन भएका छन् ।
बाँफिकोट गाउँपालिकाको अध्यक्षमा टेकराज रसाईली चयन हुनुभएको छ । जसको उपाध्यक्षमा समकृति पुन र हिरा केसी, सचिवमा सुशान्त दहाल, सह–सचिवमा भावना खनाल र प्रकाश खनाल र कोषाध्यक्षमा यस्थर पुन छन् छ । त्यस्तै चौरजहारी नगरपालिकाको अध्यक्षमा निर्मल केसी चयन हुनुभएको छ । जसको उपाध्यक्षमा अनिल दहाल र शुसिला शर्मा, सचिवमा अमृत शर्मा, सह–सचिमा उत्तर बस्नेत र अनुसा पुन, कोषाध्यक्षमा शुजल आचार्य चयन भएका छन् ।
त्यस्तै आठबीसकोट नगरपालिकाको अध्यक्षमा जनक खत्री, उपाध्यक्ष कल्पना विक र बिबेक केसी, सचिवमा दिपक केसी, सह–सचिव केशव शाही र शंकर बोहोरा र कोषाध्यक्षमा दिपा केसी चयन भएका छन् । त्यस्तै कार्यलय सदस्यमा सुनिता शाह, रामसरन विक र विनोद बुढामगर छन् ।
सानीभेरी गाउँपालिकाको सम्मेलनबाट गाउँ पालिका समितिको अध्यक्षमा दिपक नकाल चयन हुनुभएको छ । जसको उपाध्यक्षमा चन्द्रप्रकाश ओली र सपना ओली, सचिवमा अपार रसाईली, सह–सचिवमा रितुमाया विक र वसन्त ओली र कोषाध्यक्ष शर्मिला रावत रहेका छन् । प्रत्येक वडामा ३५ सदस्यीय समिति गठन गरिएको छ । सबै पालिकामा २ सय १० जना संगठित भएका छन् । पालिका सम्मेलन सकेको संगठन जिल्ला सम्मेलको तयारीमा लागेको छ । जिल्ला सम्मेलन भदाै २२ र २३ गते हुदै छ ।