नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको जिल्ला कमिटिमा नाम राखिएका एक जना सदस्यले त्यसप्रति आपत्ति जनाएका छन् । चौरजहारी नगरपालिका ११ का लोकेन्द्र केसीले आफू नेकपा एसको जिल्ला कमिटि सदस्यमा नरहेको बताउनुभएको हो ।
नेकपा एस जिल्ला कमिटि रुकुम पश्चिमले सार्वजनिक गरेको सूचीमा आफ्नो पनि नाम रहेको भन्दै उहाँले विज्ञप्ती मार्फत त्यसमा आफ्नो समर्थन नरहेको जनाउनु भएको हो । उहाँ आफू नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको चौरजहारी नगरको सचिवालय सदस्य तथा ११ नम्बर वडाको पार्टी अध्यक्ष रहेर काम गरिरहेको जानकारी पनि विज्ञप्ती मार्फत गराउनुभएको छ ।
माओवादी केन्द्र र नेकपा एमाले एक भएको समयमा पाएको जिम्मेवारीमै आफूले काम गरिरहेको केसीले बताउनुभएको छ । अदालतले दुवै पार्टीलाई आ आफ्नो पूर्ववत पार्टी सञ्चालन गर्न भनेपनि आफू भने आफ्नाे व्यक्तिगत स्वतन्त्रता प्रयोग गरेर माओवादी केन्द्रमै सक्रिय रहेको विज्ञप्तीमा उल्लेख छ ।