Kakhara सबैको खबर सम्पूर्ण खबर
बालिका बलात्कार गर्नेलाई कारबाही गर्न माओवादी केन्द्रको माग 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा रहेको सिस्ने हिमाल बाल गृहमा संरक्षित बालिकामाथि बलात्कार भएको घटनामा संलग्नलाई कारवाही गर्न नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले माग गरेको छ । आज एक प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोपाल शर्मा (अनल)ले घटनाले पार्टीको गम्भिर ध्यानाकर्षण गराएको बताउनुभएको छ ।

घटनाको गम्भिर अनुसन्धान गरी घटनामा संलग्न दोषिमाथि कडा कानूनी कारवाही गर्न सम्बन्धीत निकायलाई विशेष अनुरोध गर्दछौं, शर्माले जारी गरेको बिज्ञप्तीमा भनिएको छ । माओवादी केन्द्रले बालिकामाथि भएको अपराधिक घटनाको भत्र्सना समेत गरेको छ । साथै पार्टीले घटनाको जानकारी हुने वित्तिकै बालिकाको उद्धार, सुरक्षा र दोषिलाई कानूनी कारवाहीको प्रक्रियामा लिन आवश्यक पहल लिएको भन्दै नगर प्रमुख, उप–प्रमुख सहित नगरपालिकालाई धन्यवाद पनि दिएको छ ।  
 

 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update