आन्तरिक पर्यटन पुनरुत्थान समिति लुम्बिनी प्रदेशको सदस्यमा भरतकुमार पुन मगर मनोनित हुनुभएको छ । पुथाउत्तरगंगा गाउँपालिका १, मैकोट निवासी पुनलाई नेपाल पर्यटन बोर्डले लुम्बिनी प्रदेशको आन्तरिक पर्यटन पुनरुत्थान समितिको सदस्यमा मनोनित गरेको हो ।
रुकुम पूर्वबाट मनोनित पुन लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । पर्यटन प्रर्बद्धन तथा यसको विकासका लागि पुनले योगदान गर्दै आउनुभएको छ । रुकुम पूर्वको महत्वपूर्ण पर्यटकीय क्षेत्र बुकी पाटन र त्यसमा पाइने यार्चा संकलनको सन्दर्भमा पनि पुनले योगदान गर्नुभएको छ ।
कृष्णप्रसाद अधिकारीलाई संयोजक तोकेर पर्यटन बोर्डले १३ सदस्यीय प्रदेश स्तरीय आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाएको हो । समितिमा बाँकैबाट भाष्कर काफ्ले, रोल्पाबाट इश्वरी जिएम, नवलपरासीबाट लक्ष्मण कार्की, गुल्मीबाट नवराज भुषाल र अर्घाखाँचीबाट पदमबहादुर खत्री मनोनित हुनुभएको छ ।
दाङबाट सुन्दर गौतम,बाँकेबाट कृष्ण चौधरी, पाल्पाबाट प्रदीप उदय, बर्दियाबाट कृष्ण भट्टराई, रुपन्देहीबाट गणेश बेल्बासे र लुम्बिनीबाट मिथुन श्रेष्ठ सदस्यमा मनोनित भएका छन् । यि नामहरु लुम्बिनी प्रदेशबाट प्रस्ताव भएर नेपाल पर्यटन बोर्डमा गएका थिए ।