Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेरास्ववियू (क्रान्तिकारी)को २६ औं जिल्ला सम्मेलन भोली र पर्सी, यि हुन् अध्यक्षका आकांक्षी

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) रुकुम पश्चिमको २६ औं जिल्ला सम्मेलन भोली मंगलबार र पर्सी बुधबार मुसीकोटमा हुने भएको छ । सम्मेलनबाट संगठनको नयाँ जिल्ला कमिटि निर्माण गरिने छ । सम्मेलनमा ६ वटै पालिकाबाट प्रतिनिधि सहभागि हुने छन् । नगरपालिकाबाट २० जना र गाउँपालिकाबाट १५ जना प्रतिनिधि सहभागि हुने संगठनले जनाएको छ । सम्मेलनमा सबै गरेर १ सय ५१ जना प्रतिनिधि सहभागि हुने २६ औं जिल्ला सम्मेलन आयोजक समिति सदस्य बिशाल बिष्टले जानकारी दिनुभयो । 

कोभिड–१९ महामारीको जोखिमका कारण सिमित मान्छेहरुलाई राखेर सम्मेलन गर्न लागिएको अनेरास्ववियू (क्रान्तिकारी)ले जनाएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर सम्मेलन गर्न लागिएको सदस्य बिष्टले बताउनुभयो । सम्मेलनका लागि ‘जिल्लाका आम शैक्षिक समस्या पहिचान र निराकरणको लागि हाम्रो आन्दोलन, सुदृढ संगठन र उपलब्ध शैक्षिक निति कार्यन्वयनको लागि २६ औं जिल्ला सम्मेलन’ भन्ने तय गरिएको छ ।  
 
सम्मेलन मुसीकोट नगरपालिका ५ को शहीद प्रतिष्ठानको सभाहलमा हुने बताईएको छ । सम्मेलनको तयारी पुरा भएको अनेरास्ववियू (क्रान्तिकारी) रुकुम पश्चिमले जनाएको छ । 

अध्यक्षका आकांक्षी को को ? 
सम्मेलनबाट नयाँ नेतृत्व चयन हुने भएपछि अध्यक्षका लागि धेरै जना आंकाक्षी देखिएका छन् । धेरै जनाले आकांक्षा राखेपनि २ जनाको अलि बढी आकांक्षा देखिएको संगठन स्रोतले जनाएको छ । स्रोतका अनुसार जीवन खड्का र नारायण केसी मुख्य दाबेदारका रुपमा देखिएका छन् । खड्का जिल्ला कमिटि, २६ औं जिल्ला सम्मेलन आयोजक समितिमा रुपान्तरण हुनुभन्दा अगाडिका जिल्ला उपाध्यक्ष हुनुहुन्छ भने केसी सचिव । अध्यक्षका लागि मुख्य प्रतिस्पर्धा खड्का र केसीकै हुने देखिएको छ, एक सम्मेलन आयोजक समिति सदस्यले भने । यसका अलावा खुमराज ओली, निराजन केसी, विशाल बिष्टले पनि आकांक्षा राखेको बताईएको छ ।    
 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update