रुकुम पूर्वमा चार जनप्रतिनिधिले गरे नेकपा(एस)मा सनाखत
२ वडाध्यक्ष सहित १३ जना जनप्रतिनिधि भने नेकपा एमालेमै छन् ।
रुकुम पूर्वमा नेकपा एमालेका ४ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । निर्वाचन आयोगले दिएको समयसिमाको अन्तिम दिन जिल्ला निर्वाचन कार्यालयमा पुगेर एक वडाध्यक्ष सहित ४ जनाले नेकपा(एस)मा सनाखत गरेका हुन् ।
सनाखत गर्नेमा पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का वडाध्यक्ष हर्कमान पुन, साही वडाका सदस्यहरु पञ्चमाया बुढा र बागिप्रसाद बुढा रहनुभएको छ । त्यस्तै सिस्ने गाउँपालिका वडा नम्बर ६ का रुद्रबहादुर बुढाक्षेत्री पनि एमाले त्यागेर एकीकृत समाजवादीमा लाग्नुभएको छ ।
जिल्लामा ३ वडाध्यक्ष सहित नेकपा एमालेबाट १७ जनाले निर्वाचन जितेका थिए । २ वडाध्यक्ष सहित १३ जना जनप्रतिनिधि भने नेकपा एमालेमै छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८ १९:२१
प्रतिक्रिया दिनुहोस्