Kakhara सबैको खबर सम्पूर्ण खबर
​​​​​​​कार्यसम्पादनमा रुकुम पश्चिम जिल्ला प्रशासन देशभरमा दोस्रो 

आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम देशभरमा दोस्रो भएको छ । बार्षिक कार्यसम्पादनमा रुकुम पश्चिम र ललितपुर दोस्रो भएका हुन् । २०७५ देखि गृहमन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीहरु वीच कार्यसम्पादन सम्झौता सुरु भए अनुसार हरेक वर्ष विभिन्न ६ वटा विषयगत क्षेत्रहरुलाई आधार बनाएर कार्यसम्पादन मुल्यांकन गर्ने गरिएको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय तथा आर्थिक अनुशासनलाई आधार बनाएर कार्य सम्पादन मुल्यांकन गरिएको थियो ।

जसमा उत्कृष्ट कार्यसम्पादन सहित रुकुम पश्चिम र ललितपुर दोस्रो स्थानमा परेका हुन् । तीन जिल्ला प्रथम भएका छन् । रुकुम पूर्व, झापा र अर्घाखाँची जिल्ला कार्यसम्पादन मुल्यांकनमा अति उत्कृष्ट कार्यसम्पाद सहित प्रथम भएका हुन् । त्यस्तै गुल्मी तेस्रो भएको छ । कार्यसम्पादनमा अब्वल देखिएका जिल्लाहरुलाई प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्मान गरिने गृहमन्त्रालयको भनाई छ । त्यस्तै गत वर्ष ११ जिल्ला उत्कृष्ट कार्यसम्पादन स्तर भएका जिल्ला बनेका छन् भने उत्तम कार्यसम्पादन भएका १८, मध्यम कार्यसम्पादन भएका २१ र न्यून कार्यसम्पादन भएका २१ जिल्ला रहेको गृहमन्त्रालयले जनाएको छ ।  
 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update