नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) रूकुम पश्चिमको अध्यक्षमा नारायण केसी चयन हुनुभएको छ । मंगलबारबाट सुरू भएको संगठनको २६ औं जिल्ला सम्मेलनले आज केसीको अध्यक्षतामा सर्वसम्मत ५१ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको हो । जसको उपाध्यक्षमा विशाल बिष्ट, निराजन केसी र समकृति पुन, सचिव खुमराज ओली, सह सचिव रामबहादुर बिष्ट, भिमदत्त बुढाथोकी र निर्मला बुढाथोकी तथा कोषाध्यक्षमा किरण विश्वकर्मा रहनुभएको छ ।
‘जिल्लाका आम शैक्षिक समस्या पहिचान र निराकरणका लागि हाम्रो आन्दोलन, सुधृढ संगठन र उपलब्ध शैक्षिक नीति कार्यन्वयनको पक्षमा २६ औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ मंगलबारबाट मुसीकोटमा सुरू भएको सम्मेलन नयाँ नेतृत्व चयन गर्दै बुधबार सम्पन्न भएको छ । त्यस्तै सम्मेलनले सांगठनिक र आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । दुवै प्रतिवेदन २६ औं जिल्ला सम्मेलन आयोजक समिति संयोजक शुशिल बिष्टले पेश गर्नुभएको थियो ।