Kakhara सबैको खबर सम्पूर्ण खबर
कात्तिक ६ गते माओवादी केन्द्र रुकुम पश्चिमको पालिका सम्मेलन

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले आगामी कात्तिक ६ गते ६ वटै स्थानीय तहको सम्मेलन गर्ने भएको छ । केन्द्रीय समितिको निर्णयानुसार नै टोल,वडा र पालिकाको सम्मेलन गर्ने गरी तयारी गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेकाे पार्टीको जिल्ला समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला समिति अब जिल्ला समन्वय समितिमा रुपान्तरित भएको छ । बैठकले भदौ मसान्तसम्म सबै पार्टीका सदस्यता नविकरण गरी सक्ने, असोज १० गते टोल र २० गते वडाको सम्मेलन गर्ने गरी तयारी गरेको छ । कात्तिक ६ गते ६ वटै पालिकाको पार्टी सम्मेलन गर्ने निर्णय भएको पार्टीको जिल्ला समन्वय समिति सदस्य धिरण सिर्पालीले जानकारी दिनुभयो ।

अब पार्टी सम्मेलनमा केन्द्रीत हुने गरी निर्णय भएको सिर्पालीले बताउनुभयो । मुसीकोट नगरपालिका ५, स्थित सहिद स्मृति प्रतिष्ठानको हलमा बैठक बसेको थियो । पार्टीको जिल्ला समन्वय समितिमा सबै स्थानीय तहका अध्यक्ष, कर्णाली प्रदेशका सदस्यहरु रहने गरी विधान बनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update